अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

टोरन्टो करातेमा नेपालकी यानकुमारीले स्वर्ण जितिन्

बिआरटीनेपाल २०७४ मंसिर ४ गते ९:३३ मा प्रकाशित

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले स्वर्ण पदक हात पारेकी छिन् ।

टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्णपदक हात पारेकी हुन् । त्यसअघि बाइ पाउँदै यानकुमारी फाइनलमा प्रवेश गरेकी थिइन् ।

नेपालबाट भाग लिने अन्य दुई महिला खेलाडी भने पदकविहीन रहे । टोरन्टोस्थित भेराइटी भिलेज एथलेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पहिलो चरणमै पराजित भए ।

महिला ४९ केजीमा रेजिना (क्यानाडा) तथा ६२ केजी मुनि ज्ञानी क्युवाका खेलाडीसँग पराजित भएका हुन् । उक्त च्याम्पियनसिपमा करिब एक हजार १७५ खेलाडीले प्रतिस्पर्धा गरेका राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू