अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

तिम्रो इमान्दारीता

सीमा पोख्रेल कार्की २०७४ मंसिर ४ गते ९:२४ मा प्रकाशित

Seema Pokhrel Karki

तिम्रो इमान्दारीता, तिम्रो साँचो मन, र तिम्रा अनुभवहरू
तिम्रा आफ्ना गहना हुन्

तिमीले जे गरेका छौ, त्यसका लागि धेरै धैर्य र साहस चाहिन्छ
तिम्रो आचरण, र आदर्शले धेरैको हृदय छोएको छ

तिमी उज्यालो सूर्य जस्तो चम्कनेछौ
नेपालमा भ्रष्टाचारको धेरै गहिरो बादल छिचोल्दै

दशकौं जमेको मैलो सफा गर्न सक्नेछौ
मानिसहरू तिमी जस्तो नेताको प्रतीक्षामा छन्

यो लोकलाई थाहा छ कि तिमी यहाँ सांसारिक जिम्मेवारीका लागि होइनौं
तिमी असीमित लक्ष्य प्राप्त गर्न अगाडी बढेका छौ

तिमीलाई त्यो क्षमता बरदान मिलेको छ
तिम्रो जीवनको नयाँ अध्यायका लागि शुभकामनाहरू र प्रार्थनाहरू

सूर्यको जस्तै तिम्रो प्रकाश फैलिरहोस्
तिम्रो जीवनको किताबको नयाँ अध्यायका लागि शुभकामनाहरू ।

 

प्रतिक्रिया