अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

प्रकाशले गरे आत्महत्या, भनियो हृदयघात

बिआरटीनेपाल २०७४ मंसिर ३ गते ११:४७ मा प्रकाशित

विहान आमाले ढोका खोलेर हेर्दा प्रकाश अचेत थिए । आमाले आतिदै सुरक्षाकर्मीलाई बोलाईन । वेडको साईडमा ६ ट्यावलेट निकालिएकको एउटा फायल साईनेक्स( रुघाको औषधि) थियो । साइनेक्ससँगै सानो खालि सिसी थियो । त्यो खालि सिसीमा के थियो । उनले त्यसवाट के खाए भन्ने कसैलाई थाहा हुन सकेको छैन । प्रचन्ड निवासका सुरक्षाकर्मीले अस्पतालमा डाक्टरलाई दिएको जानकारी अनुसार प्रकाशले कोठा भित्र राखेका अरु सामान र पेय पदार्थको प्रयोग भने गरेको देखिएको छैन ।

प्रकाशको आँखाको भाग र पेट अस्वभाविक रुपमा फुल्नुले उनले एकैपटकमा धेरै औषधि सेवन गरेर आत्महत्या गरेको हुनसक्ने नर्भिक अस्पतालका चिकित्सकको प्रारम्भिक अनुमान छ । मृत अवस्थामा ल्याइएको उल्लेख गर्दै यसको भित्रिकारण पत्तलगाउन पोष्टमार्टम अर्थात फरेन्सिक ल्यावटेष्ट र शरिरको अवस्थाको जाँच गर्न शिक्षण अस्पताल महाराजगन्ज पठाउन चिकित्सकले पेपर तयार गरे । यसवारे परिवारका सदस्य र चिकित्सक वीच कुरा भयो ।

केही वरिष्ठ डाक्टर र अस्पतालका सिनियर प्रशासक अस्पताल छिरेपछि परिस्थिति बदलियो । उनको शव पोष्टमार्टमका लागि पठाउने पेपर हटाएर हृदयघातका कारण मृत्यु हुन पुगेको उल्लेख गरियो । उपचारको क्रममा वा अचेत अवस्थामा मृत्यु हुँदा अस्पताल र चिकित्सकले मृत्युको कारण बताउन मिल्छ । तर मृत अवस्थामा आएको मानिस के कारणले मृत्यु भएको थियो भन्न फरेन्सिक टेष्ट गर्नु पर्छ । चिकित्सा सास्त्रको धर्म विपरित डाक्टर जे वी जैसवालले प्रकाश दाहालको मृत्यु हृदयघातवाट भएको बताए ।

मृत अवस्थाको शरिरको चिकित्सक र अस्पताललाई मृतुको कारण घोषणा गर्ने अधिकार नै नभए पनि किन गर्न लगाइएको रहस्यमय छ । आत्महत्या हो भन्ने पुष्टि हुने डरले विधिविज्ञान जाँच नगराई दाहासंस्कार गर्न पठाइएको हुनसक्ने केही चिकित्सकको अनुमान छ ।

प्रकाश दाहालले अन्तिम स्वास लिनु साढे तिन घण्टा अगाडि राति ९ बजेर ३० मिनेटमा एक कप तातो पानी लिए । परिवार निकट ब्यक्तिहरुका अनुसार केही दिन देखि उनले एकदम हतास, निरास र अस्वभाविक गतिविधि देखाईरहेका थिए । सवैलाई सन्चो नभएको बताए पनि चरम निरासा अर्थात डिप्रेशनलाई उनले ढाक्न सकिरहेका थिएनन् । छोरो चुनावी दौडाहा वीचमै अचानक काठमांडौ आउदा आमा सिता दाहाल छक्क परेकी थिइन् । तर पनि उनले प्रकाशलाई वारम्वार सन्चो विसन्चो मात्र सोधिरहिन् । प्रकाशमा रोगको सामान्य लक्षण भन्दा पनि गहिरो चिन्ता र एकोहोरो पन देखेर आमाले त्यसरात अव सुत्न जाउ भनिन् । त्यसपछि बैठक कक्षमा रहेका दुई सुरक्षा कर्मी र परिवारका अरु सदस्य पनि आ–आफ्नो कक्ष तर्फ लागे । विहान उडेर हेर्दा प्रकाश दाहाल सधैको लागि चीर निन्द्रामा थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू