अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४६ | Colorodo: 17:01

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको निधन

बिआरटीनेपाल २०७४ मंसिर २ गते २०:४९ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष  तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको निधन भएको छ । अचानक हृदयघात भएपछि आज (आईतबार) बिहान पाँच बजे नर्भिक अस्पताल पुर्याईएका प्रकाश दाहालको अस्पताल पुर्याईएको केहि बेरमै निधन भएको हो ।

औपचारिक घोषणा अस्पतालले गरिनसकेको भएपनि प्रकाशको निधन सत्य भएको बताईएको छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताएकी छन् भने नयाँ शक्तिका डा.बाबुराम भट्टराईले प्रकाश दाहालको असामहिक निधनले आफु मर्माहत भएको भन्दै प्रकाशप्रति श्रद्धान्जली ब्यक्त गरेका छन् ।

चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहालसंगै झापा जाने तयारिमा रहेका प्रकाश आफुलाई सन्चो नभएको भन्दै चितावनबाटै काठमाडौं फर्किएका थिए । उनको निधन भएको खवर पुगेपछि केहि बेरमा नै माओवादी अध्यक्ष प्रचण्ड झापाबाट हेलिकोप्टरमा काठमाडौं फर्कने तयारिमा छन् भने चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।आइतबार मोरङको विराटचोकमा हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर दाहाल काठमाडौं फर्कन लागेका हुन् ।

माओवादी युद्धकालमामा समेत सामेल रहेका प्रकाश हाल पिता प्रचण्डको सचिवालयमा काम गर्दै आएका थिए । प्रचण्डका एक मात्र छोरा प्रकाशका दुई श्रीमती र दुई छोरा छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू