अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

माओवादी नेता महरा र पुनलाई लक्षित गरी बम प्रहार

बिआरटीनेपाल २०७४ मंसिर १ गते ११:४९ मा प्रकाशित

रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गइरहेका (माओवादी केन्द्र)का नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीलाई लक्षित गरी रोल्पा नगरपालिका– ३ भदैरे मन्दिर नजिकैको जङ्गलमा आज बम प्रहार भएको छ ।

दाङबाट रोल्पाको सदरमुकाम लिवाङमा हुने वाम गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बम प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

बम प्रहारबाट मानवीय क्षति भने भएको छैन । घटनास्थल नेपाली सेनाको व्यारेकबाट करिब तीन किमी टाढा छ । पुनसहितको चुनावको अभियानमा लक्षित गरी आक्रमण गरिएको यो तेस्रोपटक हो । गाडीलाई लक्षित गरी फालेको बम सडकमा विस्फोट भएको थियो भने नपड्किएको अर्को एउटा बम भेटिएको प्रहरी जनाएको छ ।

घटनाको भने कसैले जिम्मा लिएको छैन । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । सिँचाइ राज्यमन्त्री एवं नेपाली काँग्रेस रोल्पाका प्रतिनिधिसभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बिहीबार सुतली बम विस्फोट गराइएको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू