अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 07:32

कांग्रेस नेता प्रकाशमान सिंहलाई जिताउन १ हजार १ सदस्यीय प्रचार समिति

बिआरटीनेपाल २०७४ मंसिर १ गते ८:११ मा प्रकाशित

नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेद्वार प्रकाशमान सिंहले  वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको संयोजकत्वमा  एक हजार १ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन  गर्नुभएको छ । कार्तिक २० गतेबाट नै चनावी घरदैलो कार्यक्रम सुरु गरेको भएपनि नेता सिंहले आज मात्र निर्वाचन क्षेत्र नं। १ मा व्यवस्थित रुपमा चुनावी प्रचार अभियान सञ्चालन गर्न लिलेन्द्र प्रधानलाई आर्थिक, प्राध्यापक चुडाराज  उप्रेतिलाई वौद्धिक र  निरज कार्कीलाई युवा परिचालन समिति संयोजकको  जिम्मेवारी दिनुभएको हो ।

उहाँले घरदैलोको क्रममा  काठमाडौँको वडा २९ घट्टेकूलो मतदातासँग भेटघाट गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका पूर्व महामन्त्री समेत रहनुभएका नेता सिंहले यसअघिको समय सविधान जारी गर्नेक्रममा बितेकाले आफ्नो क्षेत्रको विकास निर्माणको काम अधुरो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘  मैले सविधान जारी गर्नेक्रममा  भूमिका निर्वाह गरे, अब आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण काम  गर्नुछ , आफ्नो क्षेत्रलाई नमुना क्षेत्र बनाउन मलाई यहाँँहरुको मतदान चाहिएको छ ।’’

अब देशलाई समृद्धिको बाटो लैजाने काम काँग्रेसले मात्र गर्न सक्ने भन्दै काँग्रेसबिना लोकतन्त्र अुधरो रहने बताउनुभयो  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू