अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२४ | Colorodo: 01:39

अमेरिकामा ‘थ्री एफ इन्टरटेन्टमेन्ट’ कन्सर्ट सफलतापूर्वक सम्पन्न

बिआरटीनेपाल २०७४ मंसिर १ गते २:४१ मा प्रकाशित

अमेरिकामा रहेका नेपाली कलाकार राजेश गुरुङको आयोजनामा अमेरिकामा भव्य सांगीतिक कार्यक्रम संपन्न भएको छ। थ्री एफ इन्टरटेन्टमेन्ट नाम दिएर गरिएको कार्यक्रममा नेपालवाट अमेरिका पुगेका तीन ख्यातिप्राप्त गायिकाहरु आस्था राउत, सिने गुरुङ र अभ्या एण्ड ब्याण्डले तहल्कापूर्ण प्रस्तुति दिएका थिए। यी तीन गायिकाहरुको सम्मान स्वरुप नै थ्री एफ इन्टरटेन्टमेन्ट कार्यक्रम गरिएको जानकारी अमेरिकावाट आयोजक कलाकार राजेश गुरुङले भनेका छन्।

आयोजक कलाकार गुरुङका अनुसार तीन गायिका आस्था, सिने र अभ्यालाई न्यूयोर्कमा आयोजित उक्त कार्यक्रममा भव्य सम्मान गरिएको छ। कार्यक्रम अत्यन्त सभ्य तथा भव्य भएको जनाइएको छ। यसअघि कलाकार गुरुङको आयोजनामा नेपालका अत्यन्त ख्यातिप्राप्त गायकहरु हरिश माथेमा, संजिप प्रधान र बाबु बोगटीको गायनको कन्सर्ट सम्पन्न भैसकेको छ।

 

 

 

प्रतिक्रिया