अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४५ | Colorodo: 12:00

पत्रकार मरहठालाई “अग्निबाँण पत्रकारिता पुरस्कार”

बिआरटीनेपाल २०७४ कार्तिक २९ गते १०:५९ मा प्रकाशित

अग्निवान राष्ट्रिय पाक्षीक र शिवपुरी मिडिया नेटवर्क प्रालिद्वारा प्रत्येक वर्ष प्रदान गरिने ‘अग्निवाबाँण पत्रकारिता पुरस्कार–२०१७’ पत्रकार किरण मरहठालाई प्रदान गरिने भएको छ ।

पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत उनलाई सो पुरस्कार प्रदान गर्न लागिएको शिवपुरी मिडिया नेटवर्क प्रालिका अध्यक्ष रवीनप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पुरस्कारको राशि रु २५ हजार रहेको छ । विगत १५ वर्षदेखि नेपालको विधुतीय पत्रकारितामा सक्रिय पत्रकार मरहठा पछिल्लो समय विभिन्न छापा तथा अनलाइन मिडियामा पनि संलग्न छन् । पत्रकार मरहठालाई टेलिभिजन कार्यक्रम निर्माण तथा सञ्चालन, रिपोर्टिङ, स्तम्भ लेखन र पुस्तक लेखन मार्फत पत्रकारितामा योगदान पुर्याएकोले पुरस्कार दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू