अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

चलचित्र फिक्का मंसिर १५ बाट देशभर प्रदर्शन

बिआरटीनेपाल २०७४ कार्तिक २८ गते २३:०७ मा प्रकाशित

युवा निर्देशक जनक खड्का र नेपालकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठलेद्वारा निर्देशित चलचित्र फिक्काले आफ्नो प्रदर्शन मिती सार्वजनिक गरेको छ । नेपालका ग्रामिण भेगमा बिद्येमान गरिवी र त्यसका असर साथै पारिवारिक प्रेमकथा बोकेको चलचित्र फिक्का मंसिर १५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको हो ।

यसअघि जापानमा प्रदर्शन भैसकेको चलचित्र ‘फिक्का’ मा अजय सुनार, दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, ईश्वरी बराल, मुस्कान काप्री लगायतका कलाकारको अभिनय रहेको छ ।

जपानका रहँदै आएका कलाकार अजय सुनार यस चलचित्रका प्रस्तुतकर्ता हुन् भने निर्देशक जनक खड्का कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको हास्य कार्यक्रम ‘ट्वाक्कटुक्क रिटन्र्स’ का सहायक निर्देशकका रुपमा कार्यरत समेत काम गरिरहेका छन् जसले यसअघि २१ वर्षकै उमेरमा चलचित्र ‘२१ वर्ष’ निर्देशन गरेका थिए ।

रीता खाती सुनारको लेखन, एनबी अञ्जानको कला निर्देशन रहेको यो चलचित्रमा राजु श्रेष्ठको सम्पादन, अनन्त घिमिरेको कलर करेक्सन, अमित श्रेष्ठले व्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ रहेको छ ।

सुनिल मानन्धर वितरक रहेको यस चलचित्र नेपाल सहित बेल्जियम, स्पेन, बेलायत, बहराइन लगायतका देशहरुमा पनि प्रदर्शन हुने जानकारी चलचित्र युनिटले दिएको छ ।

 

 

प्रतिक्रिया