अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

भूपेन्द्र तिम्सिना सहित ७ जना नेपाली साहित्यकारलाई भारतमा सम्मान

बिआरटीनेपाल २०७४ कार्तिक २८ गते ५:५५ मा प्रकाशित

भारतको उत्तरप्रदेशमा आयोजना भएको ‘अन्तरराष्ट्रिय तथागत सृजन सम्मान २०१७’ बाट नेपालका ७ जना साहित्यकार सम्मानित भएका छन् । उत्तरप्रदेशको इटवा सिद्धार्थनगरस्थित सिद्धार्थ तथागत कला साहित्य संस्थानको आयोजनामा आइतबार सम्पन्न साहित्यिक कार्यक्रममा मोरङ पथरीशनिश्चरेका साहित्यकार, पत्रकार एवम् कलाकार भूपेन्द्र तिम्सिना सहित सम्मानित भएका हुन् । उनलाइ साहित्य र कलाको क्षेत्रमा सम्मान गरिएको हो ।

कार्यक्रममा, कस्मिरकी साहित्यकार डाक्टर दरखसाँ अन्दराबीले तिम्सिना सहित काठमाडौंका डाक्टर रघुवीर शर्मा, जनाद अब्दुल मोबिल खाँ, मोरङकी गंगा सुवेदी, नेपालगञ्जका सनत रेग्मी, ऋचा लुइटेल र शान्ति अधिकारीलाई सम्मानित भएका छन् । गंगा सुवेदी र सनत रेग्मी भनें कार्यक्रममा अनुपस्थित रहेका थिए ।

नेपालका साहित्यकारका साथै नेपालीभाषी साहित्यकार सिक्किमकी जीविका खतिवडा अश्रु, जयन्ती मुखिया, दार्जीलिङकी शोभा लिम्बू, लतिका जोशी, उर्मिला घिसिङ सहित ७० जनालाई सम्मानपत्र, दोसल्लाले सम्मानित गरिएको छ ।

भारतको सिक्किम, दार्जीलिङ, लखनउ, वनारस, छत्तिसगढ, दिल्ली, पञ्जाव, गुजरात, आसाम, राजस्थान, पटना तथा भूटान सहितका विभिन्न भाषाका साहित्यका ज्ञाता तथा सर्जकहरु सम्मानित भएको संस्थाका अध्यक्ष डाक्टर भास्कर शर्माले उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू