अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

‘मैले जित्ने निश्चित भएपछि प्रतिद्वन्द्वीहरुले ममाथि ज्यान मार्ने षडयन्त्र गरे’-शेरधन राई

बिआरटीनेपाल २०७४ कार्तिक २८ गते ५:३५ मा प्रकाशित

 

पूर्व सुचना तथा सञ्चारमन्त्री तथा एमाले नेता शेरधन राईको गाडीमाथि भोजपुरमा बम र गोली प्रहार भएको छ । चुनावी सभामा जाँदै गरेका भोजपुर क्षेत्र २ का बाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राईमाथि बिहान १० बजे टेम्केमैयुँ गाउँपालिका-६ गुम्बामा राई सवार बा १५ च ५६०८ नम्बरको वनटेन गाडीमा बम प्रहार भएको हो ।

बमबाट राईको सुरक्षामा खटिएका असई डिल्लीबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको र गाडीको अगाडीको भाग पूर्णरुपमा क्षति भएको छ । आक्रमणपछि राइका सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाले पनि २१ राउण्ड जवाफी फायर गरेको थिए ।

यसअघि २ पटक भोजपुर २ बाट सांसद निर्वाचित भइसकेका राई यसपटक प्रदेश सभाको उम्मेदवार बनेका हुन् । २०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर कान्छो सांसद बनेका राई एमालेको १ नम्बर प्रदेश सहसंयोजक पनि हुन् ।

घटनापछि राईले निर्वाचनमा आफूले जित्ने निश्चित भएको र यसलाई रोक्नका लागि प्रतिद्वन्द्वीहरुले ज्यान मार्ने षडयन्त्र गरेर बम र गोली प्रहार गरेको बताएका छन् भने सरकार सुरक्षमा संवेदनशील नभएको भन्दै आक्रोश समेत पोखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू