अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

नाकाबन्दीमा फोटो पत्रकारले भोग्नु परेका समस्या बोकेको ‘साढें ७’को पहिलो गीतले दर्शकमा उत्साह

बिआरटीनेपाल २०७४ कार्तिक २७ गते ६:५० मा प्रकाशित

नाकाबन्दीको समयमा फोटो पत्रकारले भोग्नु परेका समस्यालाई लिएर निर्माण गरिएको चलचित्र साढें ७ को पहिलो गीत सार्वजनिक भएपछि नेपाली दर्शकहरुमा यो चलचित्रबारे थप उत्सुकता थपिएको छ । शब्द अमृत खतिवडा ‘भान्जाभाई’को शब्दमा सत्यराज आचार्यको संगीत र किरण गजमेरको स्वर रहेको चलचित्रको पहिलो गीत गज्जव हुनेछ केहि दिन अघि मात्र सार्वजनिक भएको हो ।

गायक तथा संगीतकार सत्यराज आचार्य चलचित्रको कथाका मुलपात्र फोटोग्राफर रहेको यस चलचित्रमा सुप्रिया कटुवाल,सुनिल थापा, शिशिर वाङदेल, कामेश्वर चौरसिया,मेनका प्रधान अभिनय रहेको छ । सुनिल थापा र साम्तेन भुटिया, सत्यराज(स्वरुपराज, नरेशदेव पाण्डे र डिजे सन्तोषले निर्माण गरेको यस चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया