अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५५ | Colorodo: 17:10

एन आर एन अमेरिकाको क्यालिफोर्नियामा हेल्प डेस्क गठन

बिआरटीनेपाल २०७४ कार्तिक २६ गते २२:०३ मा प्रकाशित

अमेरिका, ११ नोभेम्बर। अमेरिकाको विभिन्न सहरमा एन आर एन अमेरिकाले हेल्प डेस्क गठन गरे पश्चात् हिजो क्यालिफोर्नियामा एन आर एन अमेरिकाको उपाध्यक्ष उमा कार्की थापा र महिला संयोजक इन्दिरा त्रिपाठिको उपस्थितिमा हेल्प डेस्क गठन गरेको छ ।

क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबाबु पाण्डेको संयोजकत्वमा गठित सो समितिको सचिव अनिल कुमार ओली रहेका छन् । अन्य सदस्यहरूमा सावित्रा ओली, एकदेव शर्मा, देवी घिमिरे, लक्ष्मी रानाभाट, अन्जना बस्नेत, सुवास भण्डारी, दिनेश शाहा, प्रकाश गुरुङ, सोना जोशी लोहनी, राजेश निरौला र रिता पौडेल रहेका छन् ।

हेल्प डेस्कले नेपालीहरूलाई परेका समस्याहरू सुन्ने र सम्बन्धित विषयका विज्ञलाई सल्लाह गरी थप सुझाव र सहयोग प्रदान गर्ने योजना रहेको संयोजक पाण्डेले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू