अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 21:38

इस्लामिक स्टेटलाई परास्त गर्न ट्रम्प र पुटिन एकसाथ

बिआरटीनेपाल २०७४ कार्तिक २६ गते ७:५५ मा प्रकाशित

अमेरिका र रुस इस्लामिक स्टेटलाई परास्त गर्न अमेरिका र रुस मिलेर एकसाथ अगाडी बढ्ने भएका छन् । भियतनाको डा नाङ शहरमा भएको एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) को सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भएका छुट्टा छुट्टै ३ पटकको भेटवार्ता पछि उनीहरु आइएसविरुद्ध एक भएर लड्न सहमत भएका हुन् ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिका अनुसार २४ घण्टाको समयमा तीनपटक भेटेवार्ता गरेका ट्रम्प र पुटिनबीच ‘सैनिक समाधानल सिरियाली द्वन्द्ध अन्त्य नहुने’ मा सहमत हुँदै ‘स्लामिक स्टेटलाई परास्त गर्ने र सम्वद्ध सबै पक्षलाई जेनेभा शान्ति प्रक्रियामा समावेश हुन आग्रह गर्ने प्रतिवद्धता’ जनाएका थिए ।

भेटका क्रममा ट्रम्प र पुटिनले एकै प्रकारको कमिज लगाएर फोटो सेसन गराएका थिए । उनीहरुले पारिवारिक फोटो खिच्नुअघि निकैबेर हात मिलाएका थिए । सम्मेलनका क्रममा रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभ र उनका अमेरिकी समकक्षी रेक्स टिलरसनबीच पनि भेटवार्ता भएको थियो ।

यसअघि ट्रम्प र पुटिनबीच एपेक सम्मेलनका बीच औपचारिक द्विपक्षीय वार्ता हुने बताइएको थियो । तर रुसी राष्ट्रपतिले भेटको पूर्व निर्धारित कार्यक्रम नभएको बताएपछि उनीहरुबीच अनौपचारिक भेट भएको हो । उनीहरुबीच गत जुलाईमा जर्मनीमा ‘जी–२०’ सम्मेलनका क्रममा पहिलोपटक भेट भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू