अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

अधिकारकर्मी नर्बदा क्षेत्रीलाई अमेरिकी ‘क्वीन्स एम्बासडर अवार्ड’

बिआरटीनेपाल २०७४ कार्तिक २५ गते १०:१८ मा प्रकाशित

अमेरिकामा चर्चित नेपाली अधिकारकर्मी नर्बदा क्षेत्री क्वीन्स एम्बासडर अवार्ड २०१७ बाट सम्मानित हुनुभएको छ । अधिकारकर्मी क्षेत्रीलाई न्युयोर्कमा सन् १९१९ देखि प्रकाशित प्रतिस्ठित टाइम्स लेजर पत्रिकाले सम्मानित गरेको हो । उहाँलाई यस अघि सन् २०१२ मा न्यु योर्क सहर डिस्ट्रिक्ट २५ काउन्सिल सदस्य डानियल ड्रमले इमिग्रेन्ट हेरिटेज अवार्डद्वारा सम्मान गर्नुभएको थियो भने युएसनेपालअनलाईनले सन् २०११ मा गेस्ट अफ अनरद्वारा सम्मान गरेको थियो ।

न्यु योर्क सहरको कुइन्सस्थित विशेष गरी नेपाली दिदीबहिनीहरुको हक अधिकारको निम्ति क्रियाशील संस्था अधिकारकी कार्यक्रम तथा सङ्गठन निर्देशक अधिकारकर्मी क्षेत्रीसँग नेपालमा झन्डै १५ वर्ष मानव अधिकारको क्षेत्रमा काम गरेको अनुभव छ।

अधिकारकर्मी नर्बदा क्षेत्रीकै सक्रिय नेतृत्वमा अधिकारले न्युयोर्कका न्य आप्रबासी कामदार सम्बन्धी क्रियाशील सङ्घ संस्थाहरुसंग मिलेर सन् २०१० को जून १ तारिख न्यु योर्क राज्य संसदबाट घरेलु कामदारहरूको अधिकार सम्बन्धी विधेयक पारित गराउन सफल भइसकेको छ। न्यु योर्क राज्यपछि हवाई, क्यालिफोर्निया, मासाचुसेट्स र ईलिनोई राज्यले घरेलु कामदारहरूको अधिकार सम्बन्धी विधेयक पारित गरिसकेको छ ।

उता अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओले सन् २०११ मा घरेलु कामदारहरूको हक अधिकारको ग्यारेन्टी गर्दै अन्तर्राष्ट्रिय कानुन पारित गरिसकेको छ । त्यो कानुन पारित गराउन दबाब दिन अधिकारकर्मी क्षेत्री पनि अमेरिकी प्रतिनिधिहरुसँग जेनेभा पुग्नुभएको थियो । अमेरिकामा घरेलु कामदारहरु २५ लाख भएको र विश्वभर दुई करोड ५ लाख भएको अनुमान गरिन्छ ।

अधिकार संस्थाको सङ्गठन निर्देशकको रूपमा अन्य आप्रवासी हकका लागि संघर्सरत संघसंस्थाहरुसंग मिलेर न्यु योर्क राज्यबाट सन् २०१५ मा नेल्स सालुन टेक्निसियन कामदारहरूको हक अधिकार सम्बन्धी विधेयक पास गराउन सक्नुलाई अधिकारकर्मी क्षेत्रीको अर्को सफलता र खुसीको कुरा हो । जसको फलस्वरुप न्यु योर्क राज्यमा अहिले नेल्स सलुनमा काम गर्ने वैधानिक कागज भएका या नभएका कुनै पनि कामदारले नेपाली लगायत विभिन्न भाषामा सर्टिफिकेसनको लागि परीक्षा दिन सकिने व्यवस्था बनेको छ । खसोखासबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू