अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

गायक सुरज श्रेष्ठ किन कालो कपालमा झुण्डिएर मर्ने निधो गरे ?- प्रकाश श्रेष्ठ

बिआरटीनेपाल २०७४ कार्तिक २५ गते १०:०३ मा प्रकाशित

धाैलागिरीबाट काठमाण्डौं स्नातक पढ्न आएकाे एउटा युवा सुरज श्रेष्ठले आफ्नो एकेडेमिक शिक्षा सँगसँगै वि.सं. २०६१ सालमा म्युजिकको अध्ययनलाई आैपचारिकरुपमा सुरुवात गरे । सानै उमेर देखि गीत सङ्गीतमा लगाव राख्ने युवा गायक सुरजले वि.सं. २०६१ मा त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरको पढाई सकेपछि म्युजिकको अध्ययन र साधनाले पनि उनलाई झन् आत्मविश्वास दिइसकेको थियो कि अब आफूले गीतका शब्दहरूलाई न्याय दिने गरी गाउन सक्छु भन्ने तत्पश्चात वि.सं. २०६९ मा पहिलो एल्बम सुर (Harmonical Notes) को श्री गणेश गरे ।

“सुर एल्बममा” धेरै वरिष्ठ सङ्गीतकमी॔सँग सङ्गत गर्ने माैका पाएका सुरजले उनीहरूकै सरसल्लाह, सुझाव र उनको साधनाले आजसम्म म्युजिक क्षेत्रमा अगाडि बढ्न आफूलाई निकै प्रेरणा मिलेको कुरा संक्षिप्त कुराकानीमा बताए । उनका अनुसार गीत सङ्गीतमा निरन्तरता र धैर्यताको एकदमै खाँचो पर्दो रहेछ । केवल शोख भन्दा पनि एउटा सफल गायक बन्न दर्शक/श्रोताहरुको चाहना र बजार आवश्यकता बुझेर सोही अनुसारका गीतसंगित सृजना हुनु पर्ने रहेछ । त्यसो त बढ्दो प्रतिस्पर्धा र प्रचारप्रसारले समेत दर्शक/श्रोता सम्म पुगेर उनीहरूको ढुकुढुकीमा बस्न सक्न त्यति सहज छैन । कतिपय दर्जनौ गीत गाउनेहरु पनि छायाँमा पर्ने र कतिपय एउटै गीतबाट पनि रातारात हिट हुने गरेको देखिन्छ । यसका पछाडि धेरै कुराले प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभाव पार्ने र युवाहरूको परिवर्तित सङ्गीत प्रतिको चाहनालाई बुझ्न सक्नु पर्ने रहेछ । जे होस्, यस तर्फ आफ्नो प्रयास निरन्तर रहेको बताए ।

गायक सुरज श्रेष्ठका अनुसार उनको पहिलो एल्बमबाटनै दर्शकश्रोता माझ आफूलाई राम्ररी चिनाउने माैका पाएका थिए । जसको फलस्वरुप विभिन्न अवार्डहरुमा नव कलाकारको रूपमा उनी मनोनयनमा पर्न सफल भए त्यही उनको म्युजिकमा पहिलो जित थियो ।

बिस्तारै एल्बमको प्रचलन हट्दै गएपछि सिङल ट्राकहरू गर्दै आफूलाई निरन्तरता दिँदै आएको बताउने गायक सुरजले राज सरगमको शब्दरचना र दीपक शर्माको सङ्गीत रहेको “मुद्दा हाली दिन्छु ” गीतले अझ उनलाई दर्शक/श्रोता सामु चिनाउन सफलता मिल्यो । जुन गीत विभिन्न अवार्डहरुमा मनोनयनमा पर्‍यो र “म्युजिक खबर म्युजिक अवार्ड २०१४ “मा As a best pop singer अवार्ड प्राप्त गर्न सफल पनि भएको थियो ।

त्यस्तैगरि उनका अनुसार “सुरेश अधिकारी दाइको सङ्गीत रहेको “लाग्दैन निन्द्रा”, राजु सिंह दाइको सङ्गीत रहेको “भुलेऊ कि भुलेकी छैनउ” जस्ता गीतहरू गाउँदा आफूलाई बढी सन्तुष्टी मिल्छ “। आफ्नो भविष्यनै गीतसंगितमा देख्ने गायक सुरजले सङ्ख्यालाई भन्दा पनि गुणस्तरमा बढी ध्यान दिएर गीतलाई बजारमा ल्याउने गरेका छन्

हालैमात्र धेरै मेहेनत पछि भर्खरै एउटा नयाँ गीत “कालो कपाल” दर्शकदीर्घाहरूको टेस्ट अनुरूप लिएर आएका छन् जसमा बिपिन मर्मको शब्दरचना, उदेश श्रेष्ठको सङ्गीत रहेको छ । यस गीतको म्युजिक भिडियो विभोर पोखरेलको निर्देशन, क्यामेरा रोशन श्रेष्ठ र सम्पादन सतिज श्रेष्ठले गरेका छन् । त्यस्तै गीतमा अभिनय गर्ने कलाकारहरुमा निशान्त र सोना छन् । यस गीतको बजार व्यवस्था “एशियन म्युजिक कम्पनीले “गरेको छ । छोटो समयमानै गीत र यसको म्युजिक भिडियो मेकिङगको सर्वत्र चर्चा भइरहेको र हरेक दृष्टिकोणबाट एउटा पर्फेक्ट गीत भएको प्रशंसा पाइरहेकोमा आफूलाई म्युजिकमा थप नयाँ सृजना लिएर दर्शक/श्रोता सामु आउने ऊर्जा थपिएको महसुस उनले गरेका छन् ।

अन्तमा यस नयाँ गीतलाई एक पटक हेरेर र सुनेर आफूलाई थप हौसला दिन सम्पूर्ण दर्शक/श्रोता समक्ष अनरोध गरेका छन् । यसलाई “यु ट्युवमा” समेत राखिएको छ । जुन गीत यसप्रकार रहेको छ ।

यस लिङ्कमा क्लिक गरेर गीतबाट मनोरञ्जन लिन सक्नु हुन्छ र केही सुझाव भए पनि दिन सक्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू