अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

नेपाली कृतिले पनि नोबेल पुरस्कार जित्न सक्छः जोशी

बिआरटीनेपाल २०७४ कार्तिक २५ गते ९:५४ मा प्रकाशित

शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली कृतिलाई विभिन्न भाषामा अनुवाद गरेर विश्वबजारमा पु¥याउन सकेमा भविष्यमा नेपालले नोबेल पुरस्कार जित्न सक्ने विचार व्यक्त गर्नुभएको छ ।

आज यहाँ साहित्यकार भाउपन्थी (तिलकप्रसाद शर्मा खनाल) लाई आख्यानकार ‘शङ्कर कोइराला स्मृति पुरस्कार’ प्रदान गर्दै उहाँले नेपालको साहित्य क्षेत्रमा प्रतिभावान मानिसहरू धेरै भए पनि उनीहरूको परिश्रम र मेहनत अझै अपुग रहेको बताउनुभयो । कलम साहित्य सिर्जनाको शक्ति भएकाले त्यसले सफलता पाउँदैन भन्ने हीनताबोध गर्न नहुने पनि उहाँको भनाइ थियो ।

उहाँले साहित्यकार शङ्कर कोइराला अध्ययनशील, मेहनती र राम्रा साहित्यकार भए पनि आफ्नो जीवनकालमा अवसर पाउन नसक्नुभएको बताउनुभयो ।

पुरस्कृत व्यक्तित्व भाउपन्थीले साहित्य देशको ऐना भएकाले साहित्यको विकासमा युवावर्ग समर्पित हुनुपर्ने बताउनुभयो ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, सल्लाहकार रामप्रसाद दाहाल, समालोचक कृष्णचन्द्र शर्मालगायतले आख्यानकार कोइरालाको व्यक्तित्वमाथि प्रकाश पार्दै साहित्यले समाजलाई परिवर्तन गर्न सक्ने बताउनुभयो ।

‘शङ्कर कोइराला स्मृति पुरस्कारको राशि रु १० हजार तथा सम्मानपत्र रहेको छ ।

उपन्यास, नाटक, कथा आदि गरी ५१ वटा कृति छाडेर गएका कोइरालाले विसं २००३ देखि ५१ वर्ष साहित्य सेवा गर्नुभएको थियो । उहाँको ६७ वर्षको उमेरमा विसं २०५४ मा निधन भएको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू