अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन

बिआरटीनेपाल २०७४ कार्तिक २५ गते २:२६ मा प्रकाशित

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा आज निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ रहनुभएका पूर्वप्रधानमन्त्री विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । उहाँको दुई छोरा र तीन छोरी हुनुहुन्छ । दुई वर्ष अघि उहाँको श्रीमती र एक छोराको निधन भएको थियो ।

काठमाडौँको ठमेलमा जन्मनुभएका विष्ट तीन पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष हुनुहुुन्थ्यो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू