अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

वासिङ्टन डिसीमा भोलि नेपाल सम्बत न्हुदया भिन्तुना मनाईंदै

बिआरटीनेपाल २०७४ कार्तिक २४ गते १:२४ मा प्रकाशित

अमेरिकाको राजधानी वासिङ्टन डिसी नजिकै म्यारिल्याण्डको बेथेस्दामा यही नोभेम्बर ११ तारिख शनिवार नेपाल सम्बत ११३८ को न्हुदया भिन्तुना मनाईने भएको छ ।

नेवा: अर्गनाईजेसन अफ् अमेरिका (NOA) को आयोजनामा हुन गइरहेको यस न्हुदया भिन्तुना कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरू लगायत स्थानीय कलाकारहरूको मनोरन्जात्मक सांस्कृतिक कार्यक्रम, धिमे बाजा र नेवा: समुदायको स्वादिस्ट नेवा: भोज तथा सामेबजी विशेष आकर्षण हुने कुरा आयोजक संस्थाका अध्यक्ष बबिता प्रधानले बिआरटी नेपाल डट कमलाई बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू