अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 12:03

अमेरिकाबाट एक सय एक जना उत्कृष्ट नेपाली चुन्ने अभियान सुरु

बिआरटीनेपाल २०७४ कार्तिक २४ गते ०:५८ मा प्रकाशित

अमेरिकाबाट नेपालीको पहिचान बनाउने नेपालीहरूको खोजी गरी १०१ (एक सय एक) जना उत्कृष्ट नेपाली चुन्ने अभियानको सुरुवात गरिएको छ । यसको श्रीगणेश १०१ नेपाली डटकमले गरेको हो । मौलिक नेपाली चिनारी, नेपालित्व, र नेपालीपनका लागि योगदान दिएका हजारौँ लाखौँ नेपालीहरुबाट १ सय १ नेपाली छान्न लागिएको हो । विगतदेखि वर्तमानसम्म नेपालको इतिहास र वर्तमानसँग जोडिएका व्यक्तित्वहरुबाट त्यो सुची तयार पारिनेछ । जसमा पृथ्वीनारायणदेखि प्रचण्डसम्म पर्न सक्ने छन् ।

१ सय १ नेपाली मनोनयन आवेदन पत्र लागि यहाँ थिच्नु होला ।
https://www.101nepali.com/101-nepali-all-time

यसको लागि १ सय १ नेपाली छनौटका लागि मनोनयन आवेदन पत्र खुली सकेको छ । एक सय एक नेपाली डटकममा गएर आफूले चाहेको व्यक्तिलाई नामांकन गर्न सकिनेछ । त्यस्तै एकसयएक एनआरएन नेपाली र एकसयएक अमेरिकन नेपालीका लागि समेत नोमिनेशन फर्म (मनोनयन आवेदन पत्र )खुला गरिएको छ । एकसय एक नेपाली महिलाका लागि भने निकट भविष्यमा मनोनयन आवेदन पत्र खुला गरिने तयारी भइरहेको छ ।

नामांकनको प्रक्रिया पूरा भइसकेपछि एकसय एक नेपालीका सम्पादक, जनमत सर्वेक्षणकर्ताहरु, सल्लाहकारहरु, विद्धानहरु लगायतको सहयोगमा उत्कृष्टबीच पनि उत्कृष्टहरु छनौट गरिनेछ । त्यसका लागि अनलाइन (बिधुतिय )सर्वेक्षण, सामाजिक सञ्जालमा गरिएको पोस्ट, लाइकहरु, गुगल लगायतका सर्च इन्जिनका रिपोर्टहरु, वीकीपिडियामा सुचीकृत सामाग्रीहरू, उनीहरूका बारेमा प्रकाशित सामाग्रीहरू, सामाजिक क्षेत्रमा दिएको योगदान लगायतलाई आधार बनाइनेछ । यो अभियानको औपचारिक सुरुवात आगामी डिसेम्बर २ मा न्युयोर्कमा युएसनेपाल अनलाइनको बार्षिकोत्सवका बिच गरिनेछ ।

एक सय एक नेपालीका संस्थापक तथा प्रोफाइल एडिटर प्रदीप थापामगर हुन् भने प्रमुख जनमत सर्वेक्षणकर्ता अन्जन श्रेष्ठ हुन् । त्यस्तै आउटरिच एडिटर किशोर पन्थी हुन् भने योगदान दिने एडिटरहरुमा विजय थापा, कृष्ण केसी, निमा पाख्रिन, सुरेश वाग्ले, लिला लिम्बु, दीपक परियार र मच्छे गुरुङ रहेका छन् । त्यस्तै योगदान दिने फोटोग्राफर बिमल नेपाल रहेका छन् भने कानुनी सल्लाहकार विनोद रोका रहेका छन् ।

अभियानका सल्लाहकारहरुमा भुवन थापा, विश्व शाह, विश्वदीप तिगेला, धरम विश्वकर्मा, दुर्गेश कार्की, गोपाल विश्वकर्मा, खगेन्द्र लुईटेल, लिला लुइटेल, लिला राई, मानबहादुर रानामगर, नरेन्द्र राज प्रसाई, पासांग दोर्ची शेर्पा, रविन कुमार कोइराला, राम खत्री, रञ्जु वाग्ले थापा, सन्तोष थपलिया, ससांग लामा, उर्गेन शेर्पा र युवराज सिंह कार्की रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू