अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 08:47

नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबीच सूचना आदान प्रदान सम्झौता

बिआरटीनेपाल २०७४ कार्तिक २३ गते ११:१० मा प्रकाशित

धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था IOSCO को सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्यास बमोजिम IOSCO को एशोसियट सदस्य भइसकेको बोर्डले साधारण सदस्यता प्राप्त गर्न धितोपत्र बजारमा हुने कारोवार तथा अन्य गतिविधि सम्बन्धी कसुरको खोज/अनुसन्धानका लागि बैकिङ्ग अभिलेखमा पहुँच हुनुपर्ने प्रावधान अनुसार वित्तीय प्रणालीका महत्वपूर्ण निकायका रुपमा रहेका बोर्ड र नेपाल राष्ट्र बैंकबीच आपसी सहयोग तथा सूचना आदान प्रदान गनुपर्ने देखिएको पृष्ठभूमिमा बोर्डले नेपाल राष्ट्र बैंकसँग द्विपक्षीय समझदारी तथा सम्झौता गर्न समन्वय गरी हालै बोर्ड र नेपाल राष्ट्र बैंकबीच अर्थ मन्त्रालयको रोहवरमा सूचना आदान प्रदान तथा पारस्परिक सहयोगसम्बन्धी द्विपक्षीय समझदारी तथा सहयोग सम्झौता सम्पन्न भएको छ ।

अर्थतन्त्रको दिगो विकासका लागि वित्तीय क्षेत्रका गतिविधिहरुलाई थप पारदर्शी एवं प्रतिस्पर्धी बनाई सर्वसाधारण लगानीकर्ताको हितको सुरक्षा सुनिश्चित गर्न वित्तीय क्षेत्रमा हुने गलत कार्यहरु बैंकिङ्ग कसूर तथा धितोपत्रको भित्री कारोवार लगायत अन्य विविध कसूरका कारण धितोपत्र बजार लगायत सम्पूर्ण वित्तीय बजारमा हुनसक्ने दुर्घटना रोक्न तथा उत्पन्न हुनसक्ने जोखिमको समयमै सम्बोधन गरी मुलुकमा स्वच्छ तथा प्रतिस्पर्धी धितोपत्र बजार एवं वित्तीय गतिविधिहरु मार्फत् वित्तीय स्थायित्व कायम गर्न बोर्ड र नेपाल राष्ट्र बैंकबीच हुने समन्वयकारी भूमिकाले महत्वपूर्ण योगदान दिने हुनाले उक्त सम्झौता गरिएको हो ।

यसबाट नेपाल धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय क्षेत्रका अन्य धितोपत्र बजारका नियमन निकायसँग धितोपत्र बजारसँग सम्बन्धित कसुरको खोज/अनुसन्धान मा आवश्यक सहयोग गर्न तथा सहयोग लिन सक्ने महत्वपूर्ण आधार तयार हुनुका साथै नेपालको धितोपत्र बजार सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा प्रयोग हुनेसक्ने जोखिम न्यूनिकरण भई अन्तर्राष्ट्रिय स्तरमा नेपालको धितोपत्र बजारको साख अझ बृद्धि हुने अपेक्षा बोर्डले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू