अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२८
| Colorodo: 08:43
म्यानचेस्टर न्युह्यापसायर सहरको वडा सङ्ख्या १२ को सदस्य पदमा उम्मेदवार भएका नेपाली मूलका माधव गुरुङ पराजित भएका छन् l नेपालीहरू पनि अमेरिकन मुलधारको राजनीतिमा आउनु नै ठुलो महत्त्व राख्ने राख्दछ l
सभासदमा विगतमा नेपाली मूलका उम्मेदवारहरु भएका छन् l चुनाव लडेर स्थानीय स्तरमा विजयी हुने नेपाली मेरिल्याण्ड राज्यको टाउन अफ इन्डियन हेडका उप नगर प्रमुख किरण सिटौलाको इतिहास छ l
गुरुङ अन्य ६ जना प्रतिस्प्रद्धिसंग चुनाव लडेका थिए भने उनले ११ प्रतिशत मत ल्याई पराजित भएका हुन् l उनी डेमोक्रेटिक दलका उम्मेदवार थिए भने सन् २००६ मा अमेरिका आएका हुन् l प्रारम्भिक चरणमा न्यु योर्कमा बसेता पनि सन् २०११ मा न्युह्यापसायरन आएका हुन् l उनी नेपाल ईलामका हुन् l