अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

दाङमा आठजना महिला चुनावी मैदानमा

बिआरटीनेपाल २०७४ कार्तिक २२ गते २२:२० मा प्रकाशित

मङ्सिर २१ गते हुनगइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ दाङबाट आठजना महिला चुनावी मैदानमा उत्रिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार प्रतिनिधि सभा सदस्यमा चार र प्रदेश सभा सदस्यमा चार गरी जम्मा आठ जना महिला चुनावी मैदानमा उत्रेका हुन् ।

यसरी चुनावी मैदानमा उत्रिनेमा प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं १ बाट नेपाली काँग्रसबाट सुशीला चौधरी, प्रतिनिधि सभा सदस्यका लागि सोही क्षेत्रबाट नेकपा (माले)बाट रेखा केसी, दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट दिलमाया बुचा र प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं ३ बाट राष्ट्रिय जनमोर्चाबाट कमला जिसी चुनावी मैदानमा उत्रिनु भएको हो ।

त्यसै गरी, प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं १ (क) बाट नेकपा (माले)का सविता जिसी (पाण्डे), दाङ क्षेत्र नं २ (क) बाट राष्ट्रिय जनमुक्ति पार्टीका आशा नेपाली, क्षेत्र २ (क) बाट नै नयाँशक्ति पार्टीका पद्मा बानियाँ र दाङ क्षेत्र नं ३ क बाट राष्ट्रिय जनमुक्ति पार्टीका लिला पहाडी चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

दाङमा प्रतिनिधि सभा सदस्यका लागि चार महिलासहित जम्मा ३० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने प्रदेश सभा सदस्यका लागि पनि चार महिलासहित जम्मा ५१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू