अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१
| Colorodo: 03:46
ट्वीटर र एप्पलका लगानिकर्ता रहेका साउदी अरेबियाका राजकुमार अलवालिद बिन तलाल भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठन भएको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले सुरु गरेको छानविनका आधारमा राजकुमार तलात सहित ११ जना साउदी राजकुमारहरु पक्राउ परेका हुन् ।
पक्राउ पूर्जी जारी गर्ने तथा यात्रा प्रतिबन्ध लगाउनेसम्मको अधिकार रहेको यो अभियान अन्तरगत पक्राउ पर्नेहरुमा राजपरिवार सदस्य सहित बहालवाला मन्त्री तथा अरु धेरै पूर्व मन्त्रीहरु रहेका छन् ।
आईतबार बाट सुरु भएको यो पक्राउ अभियान अभियानको उद्येश्य देशबाट भ्रष्टाचार अन्त्य गर्ने बताईएको भएपनि धेरैले यस अभियानलाई यु्वराज सलमानको अधिकार र शक्ति बढाउने अभियानको रुपमा बिष्लेशण गरेका छन् ।