अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

‘आइइसी डिजाइनस् रनवे’अडिसनबाट २४ मोडल छनोट

बिआरटीनेपाल २०७४ कार्तिक २१ गते ०:३७ मा प्रकाशित

 

आगामी २२ डिसेम्बर (पुष ७)मा ‘आइइसी डिजाइनस् रनवे सेसन ७’ नामक एक भब्य फेसन शो आयोजना हुने भएको छ । राजधानीको हायत रिजेन्सी होटलमा हुने उक्त शो आइइसी कलेज अफ फेसन एण्ड आर्टले आयोजना गर्न लागेको हो ।

कलेज अध्यायनरत २०१७ मा पास आउट हुने बिद्यार्थीले तयार पारेका बिभिन्न अन्तराष्ट्रिय डिजाइनहरु प्रदर्शन र प्रवर्धन गर्ने उदेश्य रहेको उक्त शोमा ५१ बिद्यार्थीले तयार पारेको १३ थिमका बिभिन्न आकर्षक पहिरन प्रदर्शन गरिने कलेजकी प्रवन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन् ।

मोडल छान्ने उदेश्यले आइतबार राजधानीमा एक अडिसन समेत आयोजना गरिएको थियो । नेक्स्ट मोडल्स् नेपालका अध्यक्ष रवी धमला, कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, दीपक शर्मा लगायत निर्णायक रहेको १५० नयाँ तथा पुराना मोडल सहभागी अडिसनबाट २४ मोडल फेसन शोका लागि छानिएका छन् ।

नेक्स्ट मोडल्स् नेपालले इभेन्टम्यानेजमेन्ट जिम्मा लिएको शोमा चर्चित कलाकार सो टपरको रुपमा रहने छन् । अडिसनबाट छानिएका मोडललाई र्याम्का लागि अन्तराष्ट्रिय कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रशिक्षण सहित उतार्ने आयाजेकले जनाएको छ ।

प्रतिक्रिया