अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५० | Colorodo: 02:05

चर्चित ब्याण्डहरुको साथमा चितवनमा भब्य ‘म्यूजिकल फेस्टिभ’ हुँदै

बिआरटीनेपाल २०७४ कार्तिक २१ गते ०:२५ मा प्रकाशित

नेपालका चर्चित ब्याण्डहरुको साथमा चितवनको क्याम्पाचौरमा ‘म्यूजिकल फेस्टिभ’ आयोजना हुने भएको छ । मंसिर २ गते दिउँसो १ बजेबाट बेलुकी ९ बजेसम्म चल्ने कार्यक्रमलाई इभरलास्ट इन्फोटेकको आयोजना  हुने भएको हो ।

कार्यक्रममा ‘द स्याडोज नेपाल, ए एट ब्याण्ड, द ट्रोक्सी, द रोड्स ब्याण्ड, द नेपोलिक क्रिउ, सुजन एण्ड त ब्याण्डले आफ्नो प्रस्तुती दिनेछन् । कार्यक्रममा दर्शकको उल्लेखनीय साथ रहने विश्वास आयोजक ले लिएको छ ।संगीतको नगरी चितवनका श्रोताहरु संगीतप्रति निकै नै आकषिर्त देखिन्छन् । यसैले, पनि कार्यक्रम सफल हुनेमा विश्वस्त रहेको आयोजकले बताएको छ । साथमा डीजेको रोमाञ्चक प्रस्तुतीमा दर्शक रम्न सक्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया