अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

म टुरिष्ट उम्मेदवार होइन – दमननाथ ढुंगाना

बिआरटीनेपाल २०७४ कार्तिक २० गते ३:१२ मा प्रकाशित

भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दमननाथ ढुंगानाले आफू टुरिष्ट तथा पाहुना उम्मेदवार नभएको प्रष्ट पार्नुभएको छ ।  रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व सभामुख समेत रहेका ढुंगानाले भक्तपुरमा आफनो राजनीतिक लगानी भएको भन्दै यस्तो स्पष्ट पार्नु भएको हो ।

उहाँले भन्नुभयो –‘आफूले कुचो लिएर राजनीति कुचिकार बनेर भक्तपुरमा उम्मेदवारी दिएकाले यहाँबाट निर्वाचन जितेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ बिशिष्ट परिस्थितिलाई ध्यानमा राखेर पार्टीले आफूलाई उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।
प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले काठमाडौ २ बाट उम्मेदवार बन्न आग्रह गरेता पनि आफूले नै भक्तपुर २ रोजेर आएको उहाँले बताउनुभयो । करिब २३ बर्षपछि राजनीतिमा आउनुको कारण देशमा अहिले देखिएको राजनीतिक फोहोर सफा गर्नु नै रहेको उहाँले बताउनुभयो ।

नेमकिपाको समर्थनमा उम्मेद्वारी दिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा ढुंगानाले भन्नु भयो ‘आफ्नै उम्मेद्वार उठाएको नेमकिपाले काँग्रेसलाई किन मतदान गर्छ ।’ नारायणमान जी उहाँ मेरो साथी मात्र हो, ढुंगानाले भन्नुभयो ‘राजनीतिक हिसाबमा हामी फरक छौ ।’

यस्तै, एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर राजधानी नजिकैको जिल्ला भएर पनि विकास निर्माणमा बत्ति मुनिको अध्यारो जस्तै भएको बताउनुभयो । भक्तपुरको समग्र विकासका लागि एमाले नै सक्रिय भइरहेकोले आगामी निर्वाचनमा पनि एमालेलाई विजयी गराउन मतदाताहरुलाई उहाँले अनुरोध समेत गर्नुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू