अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०८ | Colorodo: 07:23

टेक्ससमा गोली चल्दा २७ जनाको मृत्यु, २५ जना घाइते

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते २१:४९ मा प्रकाशित

टेक्ससको सदरल्याण्ड स्प्रिङ्सस्थित एउटा बाप्टिस्ट गिर्जाघरमा २७ जनाको ज्यान लिने गरी  हत्याकाण्ड भएको छ । उक्त हत्याकाण्डलाई टेक्सस गभर्नर ग्रेग एबटले राज्यकै इतिहासको सबैभन्दा खराब नंरसहार भनेका छन् ।

सदरल्याण्ड फ्रस्ट बाप्टिस्ट चर्चमा बिहानीको प्रार्थना चलिरहँदा उक्त बन्दुकधारी प्रवेश गरेको ठानिएको छ । त्यसपछि बन्दुकधारीले गोली चलाएका थिए । प्रत्यक्षदर्शी अनुसार लगातार २० राउण्ड गोली चलाइएको बताएका छन् । उक्त गिर्जाघरका पास्टरकी १४ वर्षीया छोरीको पनि मृत्यु भएको छ भने ज्यान गुमाउनेमा बालबालिका पनि छन् । करिब २५ जना घाइते भएका छन् ।

राज्यका रूपमा हामी अहिले हाम्रो इतिहासकै सबैभन्दा खराब गोलीकाण्डसँग जुझिरहेका छौँ, अझ खराब कुरा प्रार्थना गर्न जाने गिर्जाघरमा यस्तो घटना भएको छ, निर्दोष मानिसहरूको हत्या गरिएको छ र हामी शोकाकुल छौँ, टेक्ससका गभर्नर ग्रेग एबटले भने ।

प्रहरीले हमलाकारी तीव्र गतिमा कार चलाएर भागेको र नजिकैको काउन्टीमा उनलाई प्रहरीले घेरा हालेको उल्लेख गरेका छन् । हमला गर्नेको पनि मृत्यु भएको जनाइएको छ तर उनले गोली चलाएर आफ्नो ज्यान आफैँले लिएको वा प्रहरीले मारिदिएको हो भन्ने प्रस्ट भएको छैन । आक्रमणको कारण थाहा हुन सकेको छैन । फोटो: एबिसी न्युज

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू