अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

कोलोराडोमा साईबर सुरक्षा जनचेतनामूलक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते २१:३४ मा प्रकाशित

रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा आज डेनभरमा साईबर सुरक्षा सम्बन्धी जन चेतना मूलक कार्यक्रम सम्पन्न भयो ।

डा. रामहरि सुबेदीले कोलोराडोको ब्राइटनमा साइबर अपराध तथा नियन्त्रण सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिएका थिए । कसरि सामाजिक सञ्जालमा ह्याक हुन्छ र त्यसलाई कसरी रोक्ने भन्ने उपाय बताए । इमेलमा आक्रमण कसरि हुन्छ र यसलाइ कसरी रोक्ने भन्ने बारेमा प्रस्तुतिकरणको माध्यमबाट अबगत गराए । डा. सुबेदीले ९५ प्रतिशत नचाहिने विभिन्न ठाउँमा प्रवेश गर्दा ह्याक अर्थात् अनाधिकृत प्रवेश हुने बताए ।

उनले प्रयोगात्मक रूपमा कोलोराडो नेपाली समुदायका सहभागीहरुलाई युजरनेम तथा पासवर्ड कसरी परिवर्तन गर्ने, मानिसले अत्यधिक प्रयोग गर्ने सञ्चार उपकरण, वाईफाईको पासवर्ड पनि बेला बेलामा परिवर्तन गर्नु पर्ने तथा घरमा आउने गेस्टहरुका लागि गेस्ट वाइफाइ बनाएर आँफै दुई घण्टामा एक्सपायर हुने बनाउन सल्लाह दिए । उनले उक्त तालिममा साइबर सम्बन्धी जानकारी दिँदै प्रत्येक सेकन्डमा १४ जना साईबर अपराधको सिकार हुने बताए ।

कसैले इमरजेन्सी भनेर केही कुराको आपत्कालीन रूपमा प्रति उत्तर दिन आग्रह गरेता पनि सावधानि अपनाउनु पर्ने र इमेल खोल्न नहुने बताए । बालबालिकाहरु ज्यादा सामाजिक सञ्जालमा जाने हुँदा सो को निगरानी राख्ने उपाय बताएका थिए । उनले गलत सूचना र लोभ्याउने प्रकारका सूचना आएता पनि आफू सतर्कता हुनु पर्ने बताए ।

उनले आइफोन हराएमा कसरि भेट्ने त्यो पनि प्रयोगात्मक रूपमा प्रदर्शन गरी देखाए । जहिले पनि सामाजिक सञ्जाल तथा इमेल २ वटा रिकोभरि राख्नु पर्ने सुझाव दिए । उनले साइबर अपराधको बारेमा कैयौ घटनाका उदाहरण प्रस्तुत गर्दै भिडियो क्लिपहरु पनि देखाए ।

प्राध्यापक डा. बिजयराज शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अध्यक्ष पदम विश्वकर्मा तथा गायिका उषा किरण अधिकारीले कार्यक्रम अति राम्रो, निकै लाभदायक, उपलब्धि मूलक, निकै उत्प्रेरित, शिक्षाप्रद तथा आफूहरू उत्साहित भएको बताएका थिए । कार्यक्रममा कोलोराडोमा सक्रिय सङ्घ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी, पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा नेपालबाट अमेरिकाको भ्रमणमा रहेका एसएसपि वसन्त कुवरले एक पटक लागुपदार्थको कुलतमा फसिसकेपछि मानिसलाई सामान्य जीवनमा फर्काउन ज्यादै कठिन हुने बताए । अमेरिकामा लागुपदार्थ खान छुट भएको हुनाले १६ देखि २१ वर्ष उमेरका छोरा छोरीहरू कुलतमा नफसुन भनेर विशेष निगरानी राख्न सबैलाई आग्रह गरे । उनले आफ्ना छोरा छोरीहरुको केही कुरामा ध्यान दिन आग्रह गरेका थिए । जस अनुसार दुब्लाउदै जानु, आँखा रातो हुने तथा आँखाको नानी ठुलो हुने, हात काप्ने, बोली लरबराउने, सिधा हिडन नसक्ने आदी । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर अध्यक्ष कृष्ण मुरारी ढुङेलले डा. सुबेदीको बारेमा बताएका थिए भने कार्यक्रममा आउने सबैलाई रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष बिनोद त्रिपाठीले धन्यवाद दिएका थिए । कार्यक्रम ब्राइटन स्थित दिनेश भट्टराईको घरमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू