अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

लक्ष्मी जयन्तीको उपलक्ष्यमा कोलोराडोमा कवि गोष्ठी सम्पन्न

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते २०:३६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा १०८ औँ लक्ष्मी जयन्तीको अवसर पारेर कवि गोष्ठि सम्पन्न भयो । साहित्यकार तथा पूर्व एसएसपी बसन्तराज कुंवरको प्रमुख आतित्थतामा सम्पन्न कार्यक्रममा कोलोराडोमा सक्रिय सङ्घ संस्थाका पदाधिकारी, कवि कवयत्री, कलाकार, व्यवसायी, पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । प्रमुख अतिथिबाट पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा उपस्थित सबैले महाकविको तस्बिरमा पुष्प गुच्छा चढाई श्रद्धा सुमन अर्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अथिती कुवंरले नेपालमा भन्दा बढी प्रवासमा साहित्यिक कार्यक्रम भएको पाए भन्दै, नेपाल र नेपालीलाई विश्व सामु चिनाउने हाम्रो यही भाषा र साहित्य रहेको धारण व्यक्त गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम बिके, साहित्यकार ज्ञानेन्द्र गदाल, डा. विजयराज शर्मा, च्याप्टरका अध्यक्ष कृष्ण मुरारी ढुङ्गेले देवकोटाको देन र उनको कृति बारे प्रकाश पारेका थिए । 

कार्यक्रमको दोस्रो सत्रमा कविता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा झन्डै डेढ दर्जज भन्दा बढी कवि, कवयत्री, गायक तथा कलाकारहरूले आ–आफ्नो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु वाचन गरेका थिए । यसरी सृजना प्रस्तुत गर्नेहरुमा ज्ञानेन्द्र गदाल, पदम बिस्वकर्मा, कृष्ण्मुरारी ढुङ्गेल, डा.बिजयराज शर्मा, प्रमीला शर्मा, निर्मल प्याकुरेल, भुपेन्द्र महत, गौतमसागर राई, यसोदा भट्ट, मिना पौडेल, दामोदर लुईटेल, धन पौडेल, समीर आचार्य, बिबिसीका अधिकारी, आर्या चालिसे लगायतका रहेका थिए । 

समारोहमा उपस्थित प्रमुख अतिथि वसन्त कुवर, विशेष अतिथि साईबर सेक्युरिटी ईन्टरनेशनल संस्थापक तथा साईवर विज्ञ प्रोफेसर डा. रामहरी सुबेदी, नव निर्वाचित एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष लिलाराज ढुङ्गाना लगायतका अतिथीहरुलाई आयोजक संस्थाका पदाधिकारीहरुले खादा पहिर्याइ सम्मान गरेका थिए । 

कार्यक्रमको अन्त्यमा लागु पदार्थ दुब्रयसन विज्ञ पूर्व एसएसपी बसन्तराज कुवरले एक पटक लागुपदार्थको कुलतमा फसिसकेपछि मानिसलाई सामान्य जीवनमा फर्काउन ज्यादै कठिन हुने भएको र अझ अमेरिकामा गाजा जस्ता लागुपदार्थ खान छुट भएको हुनाले १६ देखि २१ वर्ष उमेरका छोरा छोरीहरू कुलतमा नफसुन भनेर विशेष निगरानी राख्न सबैलाई आग्रह गरे । 

च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव सदस्य श्याम श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए भने, सदस्य धन पौडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

मानिस जहाँ जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौँ च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू