अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५१ | Colorodo: 00:06

गायिका दीपा पन्तको ‘हसाउने रुहाउने’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते ३:५१ मा प्रकाशित

 

पछिल्लो समय सांगीतिक क्षेत्रमा गायक गायिकाले आफ्नो नयाँ गीत कभर भिडियोको सहित सार्वजनिक गर्ने लहर चलेको छ । यो भिडिमा गायिका दीपा पन्त पनि देखिएकी छन् । गायिका दीपाले आफ्नो नयाँ आधुनिक गीत ‘हसाउने रुहाउने’ कभर भिडियो सहित सार्वजनिक गरेकी छन् ।

बिआर मित्रको शब्द र तारप्रकाश लिम्बुको संगीत रहेको गीतमा उनले मधुर आवाज गरेकी छन् । उनको कभर भिडियो एक्का कम्पनीले निर्माण गरेको हो, भने छायाँकन आर्यन खड्कार बिष्णुले गरेका छन् ।

दीपा साङगीतिक फाँटमा राम्रै चिनिएकी गायिका हुन् । ‘दिलको बदला दिल दिए’, ‘रियालिटी’ र ‘कालो गाजल’ लगायत चार एल्बम सार्वजनिक गरेकी दीपा युवापुस्ताले रुचाइएकी गायिका हुन् । एल्बम टिनएजरले रुचाएपछि उनी स्टेज क्विन समेत बनेकी उनी यो गीतको भिडियो पनि छिट्टै ल्याउने उनले बताइन् ।

प्रतिक्रिया