अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

साधुबाद

रुबि सत्याल २०७४ कार्तिक १७ गते २२:५२ मा प्रकाशित

भावको गङ्गा जलमा सयर गराउदै
शब्दका इन्द्रेणीमा चहचह झुलाईकन
मनको गहिराइमा अमिट छाप छोडिडिने
कलाका धनी युग पुरुषमा नमन !

भोक र भोजनको जति आत्मियता छ
उस्तै मष्तिस अनि ज्ञानको सामिप्यता
प्यासले जल खोजे सरि
मष्तिस ज्ञान बिना प्यासी नै रहन्छ 
धन्य हुन ती मनहरू
जसले अज्ञान मेटाई
ज्ञानको मार्ग चिरिदिन्छन् 
“घामको वर्षा “बर्षाउछ्न्
“घामकै बिरसतमा “बिराजमान गराउदै
सुन्दर स्वर्ग धर्तीमै बोलाउदै
अमृतका प्याला पिलाउछ्न्
शब्द शब्दका थुँगाको सुवासले !

अनि आत्मियता दर्साउदै
जीवन्त जीवन रहोस् भन्दै
मनमा मिठास घोल्दै भनिदिन्छ्न्
” नेभर से गुड बाई ” 
ज्ञान विज्ञान कै “प्रक्ष्येपण” गर्दै
जिउने रङ रूप बदलिदिने ती
कलात्मक भावनालाई नमन 
“आस्था ” जगाएर मन मुटुमा
जिन्दगीका आयाम नै
परिवर्तन गराउने भावनात्मक बेगले
आत्मियताको बिजारोपण गर्दै
धर्ती आकाश जोडीदिने
सुन्दर कलालाई साधुबाद !!!!

प्रतिक्रिया