अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 03:55

अमेरिकी राष्ट्रपति ट्रम्प अर्काेहप्ता चीन जाने

बिआरटीनेपाल २०७४ कार्तिक १६ गते ९:१९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्काे हप्ता चीन भ्रमणका लागि आउनुहुने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक निमन्त्रणामा उहाँ चीन भ्रमणमा आउन लाग्नुभएको हो ।

उहाँ यही नोभेम्बर ८ देखि १० सम्म तीन दिन चीनको राजकीय भ्रमणका लागि बेइजिङ पुग्नुुहुने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु छाङले बिहीबार बिहान प्रकाशन गर्नुभएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ– सो भ्रमणका क्रममा चीन र अमेरिकाका राज्य प्रमुखहरुले द्विपक्षीय सम्बन्ध सुदृढिकरणका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्धाहरुमा पनि आवश्यक छलफल र साझा धारणा निर्माण गर्नुहुने अपेक्षा गरिएको छ ।

उक्त भ्रमणका विषयमा सम्बोधन गरिने मुद्दा तथा अन्य आवश्यक सहमति तथा सम्झौताहरुका बारेमा भने केही बताइएको छैन । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू