अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

अमेरिकाको लस भेगसमा हुने ‘मिस युनिभर्स’मा नेपालले पहिलो पटक सहभागिता जनाउँदै

बिआरटीनेपाल २०७४ कार्तिक १६ गते ३:५२ मा प्रकाशित

आगामी नोभेम्बर २५ तारिकका दिन अमेरिकाको लस भेगसमा हुने मिस युनिभर्सका लागि नेपालबाट प्रतिनिधित्व गर्दै गरेकी नग्मा श्रेष्ठले सो सौन्दर्य प्रतियोगीतामा लगाउने पहिरनहरु सार्वजनिक भएको छ । २ दशक देखी चलिरहेको मिस युनिभर्समा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै गरेकी २०१२ की मिस अर्थ नग्मा श्रेष्ठले लगाउने पहिरनका डिजाईनहरु बुधबार राजधानिमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

नग्माको ब्यक्तिगत पहल र हिडन ट्रिजरको व्यवस्थापनमा नेपालले पनि भाग लिन लागेको मिस युनिभर्सको ६६ औं संस्करणमा लगाउन लागेको एक पहिरनको यतिबेला चर्चा भएको छ । प्रतियोगीतामा नग्माले नपालमा रहेका मन्दिरहरु र तान्त्रिक शक्तिको महत्व झल्काउने शास्त्रिय पहिरनमा विजय महर्जनले डिजाइन गरेको धार्मिक महत्व बोक्ने मण्डला’ प्रस्तुत गर्ने भएकी छन्। जसको तौल ३ किलो रहेको छ ।

मिस युनिभर्स नेपालमा भित्राउनका लागी निरन्तर पाँचबर्षसम्म संघर्ष गरेकी नग्माले सन् २०१२ बाट निरन्तर मेल मार्फत नेपाल पनि मिस युनिभर्समा सहभागी हुन चाहान्छ भनेर जानकारी गराउँदा पनि कुनै रिप्लाई नआएपछि उनले पछि मिस युनिभर्सको प्रधान कार्यालय अमेरिकामै गएर प्रस्ताव राखेकी थिईन् थिइन् र यो मौका नेपालले यस बर्षबाट पाएको हो ।

कार्यक्रममा नग्माले मिसु श्रेष्ठ, विजय महर्जन, बीना घले, आस्तिक शेरचनकोसँगै सिवाङ्गी प्रधान, सुबेक्षा बदेल, अन्ति गुरुङका डिजाइन पनि प्रस्तुत गर्नेछिन् ।

प्रतिक्रिया