अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 10:51

अमेरिकि राष्ट्रपति ट्रम्पद्धारा डीभी चिठ्ठा प्रणाली रद्द गर्ने घोषणा

बिआरटीनेपाल २०७४ कार्तिक १५ गते ११:२७ मा प्रकाशित

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा प्रणालीबाट अमेरिकामा आतङ्कवादी भित्रिएको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब यो प्रणाली नै रद्द गरिने बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएसँगै ट्रम्पले आतङ्कवादी सङ्गठनसँग जोडिएका देशका डीभी परेका सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । डीभी चिट्ठा मुख्य कारण नै अमेरिकामा आतङ्कवादी समस्या बढ्नु हो भनी उनले ट्वीट गरेका छन् । सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन बनाएपछि डीभी चिट्ठालगायत अरू सुविधा दिएर अमेरिकाले आप्रवासीलाई स्थायी बसोबास दिँदै आएको छ ।

अमेरिकाले पछिल्लो १० वर्षमा झन्डै ५ लाख आप्रवासीलाई ग्रीनकार्ड दिएको छ । ट्रम्पले डेमोक्रेटले सुरु गरेको यो प्रणाली रद्द गर्ने प्रस्ट गरेका हुन् । हिजो न्यूयोर्कमा साइकल लेनमा ट्रक चढाएर ८ जनाको हत्या गर्ने चालक सेफुलो साइपोव सन् २०१० मा डीभी चिट्ठा परेर उज्वेकिस्तानबाट अमेरिका पुगेको पत्ता लागेपछि ट्रम्प आक्रोशित बनेका हुन् । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू