अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 09:13

वैवाहिक समारोहमा विस्फोट हुदाँ १३ जनाको मृत्यु

बिआरटीनेपाल २०७४ कार्तिक १५ गते १०:५४ मा प्रकाशित

वैवाहिक समारोह भइरहेको ठाउँमा विद्युत् ट्रान्सफर्मर विस्फोटन हुदाँ भारतमा १३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना गर्भवती महिलासमेत रहेको प्रहरी अधिकारीहरूले बुधवार जानकारी दिएका छन् ।

“चार जनाको घटनास्थलमै मृत्यु भयो,” स्थानीय एक प्रहरी अधिकारी रामेश्वर सिंहले एएफपीसँग भन्नुभयो । उहाँले थप्नुभयो, “हामीले घटनाको कारणका बारेमा जाँचबुझ गरिरहेका छौँ ।”

विस्फोटनमा परी घाइते भएका वा पोलिएका मध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि सिंहले जानकारी दिनुभयो ।

स्थानीयबासिन्दाले ट्रान्सफर्मर मर्मत गर्न आफूहरूले पटक पटक विद्युतका कर्मचारीहरूलाई आग्रह गरेको भए पनि उनीहरूले कुनै वास्ता नगरेको बताएका छन् ।

विद्युत् वितरण गर्ने र विद्युतको गति तथा मात्रालाई नियन्त्रण गर्ने एक प्रकारको यन्त्र वा विद्युत् सञ्जालको एक भागलाई ट्रान्सफर्मर भनिन्छ ।

भारतमा विद्युत् प्रणालीमा भएको गडबडीका कारण धेरै दुर्घटना हुनेगरेको छ । विशेष गरेर विद्युतीय सामग्रीहरूको पर्याप्त र उचित मर्मत नहुनु तथा ग्रामीण क्षेत्रमा आवश्यकता अनुसारको बजेटको व्यवस्था नहुनुका कारण दुर्घटना हुनेगरेको बताइएको छ ।

गत सन् २०१५ मा मात्रै भारतमा विद्युतीय दुर्घटनाका कारण झन्डै दश हजार जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । (रासस÷एएफपी)
–––

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू