अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

बालक बेचविखन गर्न खोज्ने तीन पक्राउ

बिआरटीनेपाल २०७४ कार्तिक १५ गते १०:३६ मा प्रकाशित

सडक बालकलाई काम लगाइदिने बहानामा भारत लाने गिरोहमा संलग्न एक भारतीयसहित तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत मुरदवा पौटा ग्रामपञ्चायत दाखा कोठी बस्ने ३१ वर्षीय मन्जित सिंह, मोरङ मोतिपुर घर भएका र हाल सुनसरीको इटहरी बस्दै आएका ३६ वर्षीय राजु भण्डारी र सुनसरी इटहरी–१० बस्ने २८ वर्षीय सुरज ऋषिदेव रहेका छन् ।

ती बालकहरु १२ देखि १६ वर्ष उमेरका रहेका छन् । सुनसरीको इटहरीमा बस्दै आएका तीन जना सडक बालकलाई भारतमा काम लगाई दिने बहानामा उनीहरूले भारततर्फ लैजाने क्रममा प्रहरीले विराटनगरको सीमावर्ती भारतीय बजार जोगवनीको रेल्वेस्टेशनवाट उनीहरूलाई नियन्त्रण लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले बालबालिका किनबेच तथा ओसारपसारमा संलग्न सुरज ऋषिदेव गिरोहका नाइके रहेको विगत र केही वर्ष अघिदेखि नै सडक बालबालिका भारत पु¥याउने काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू