अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

‘सुनकेशरी’की ऋचा शर्माको डरलाग्दो अवतार

बिआरटीनेपाल २०७४ कार्तिक १५ गते ५:५७ मा प्रकाशित

नायिका ऋचा शर्माले दोश्रो चलचित्र पनि निर्माण गरेकी छिन् । उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘सुनकेशरी’ को फस्टलुक सार्वजनिक भएको छ । अष्ट्रेलियामा सम्पूर्ण छायांकन सकिएको यो चलचित्रलाई सन् २०१८ अप्रिलमा रिलिज गर्ने तयारी गरिएको छ । अष्ट्रेलियामा बस्दै आएका भिम न्यौपाने र नायिका शर्माको संयुक्त लगानीमा यो चलचित्र निर्माण भएको हो ।

यो चलचित्रलाई नायक अर्पण थापाले निर्देशन गरेका हुन् । अर्पणको निर्देशन र नायिका ऋचा शर्माको निर्माणमा बनेको चलचित्र ‘आधा लभ’ बक्स अफिसमा असफल भएको थियो ।

चलचित्रको फस्टलुकमा नायिका ऋचा शर्माको डरलाग्दो अवतार देखाइएको छ । ऋचाको यो अवतारले पनि चलचित्रप्रति कौतुहलता जगाएको छ ।

सिड्नीस्थित एउटा पुरानो दरबारमा भूत रहेको बिषयमा यो चलचित्र निर्माण गरिएको छ ।

प्रतिक्रिया