अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

उज्वेकिस्तानका २९ बर्षिय युवकले अमेरिकाको न्युयोर्क सडकमा दिनदहाडै ८ सर्वसाधारणको ज्यान लिए

बिआरटीनेपाल २०७४ कार्तिक १५ गते ०:१० मा प्रकाशित

अमेरिकाको न्युयोर्कमा साइकल यात्री र पैदल यात्रुहरुमाथी जथाभावी पिक अप ट्रक कुदाएर एक ब्यक्तीले ८ जनाको ज्यान लिएका छन् भने दर्जनौं घाईते भएका छन् । स्याफुल्लो साईपोभ नामका २९ बर्षिय युवकले मंगलबार अपरान्ह तीन बजेर पाँच मिनेटमा म्यानहटनको वेष्ट स्ट्रीट र च्याम्बर स्ट्रीटको नजिक साईकल र पैदल यात्रीमाथी अन्धधुन्द पिक अप ट्रक कुदाएर यो घटना घटाएका हुन् ।

फ्लोरिडाको टेक्पा निवासी ति आक्रमणकारी युवाले अरेबीक भाषामा धार्मिक नारा लगाएको प्रतक्षदर्शीले बताएका छन् । सन् २०१० मा उज्वेकिस्तानबाट अमेरिका आएका यी युवाले किन निर्दोश ब्यक्तीहरुमाथी यस प्रकारको हमला गरे यसबारे अनुसन्धान भै रहेको जानकारी अमेरिकी सञ्चार माध्यमले दिएका छन् । घटना हुँदा हुँदै उनलाई रोक्न खोजिएको भएपनि उनलाई नियन्त्ररणमा लिन नसकेपछि प्रहरीले उनिमाथी गोली प्रहार गरी घाईते बनाएर अन्य सर्वसाधारणको ज्यान जोगाएका थिए ।

नक्कली बन्दुक देखाउदै भ्यानबाट भाग्न खोज्दा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका हमलाकारी स्याफुल्लो साईपोभ को अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो घटनाकारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल जानकारी दिइएको थियो भने घटनापछि न्युयोर्कमा नै कार्यक्रमको शिलशिलामा रहेकी राष्ट्रपति पत्नी मेलानिया ट्रम्पले ट्वीट गर्दै घटनाबाट आफ्नो हृदय विक्षिप्त भएको जनाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू