अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

सर्वस्व सहित जन्मकैदको फैसला सुनाईका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल सातदोबाटोबाट पक्राउ

बिआरटीनेपाल २०७४ कार्तिक १४ गते २:५७ मा प्रकाशित

सर्वस्व सहित जन्मकैदको फैसला सुनाईका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ गरि जिल्ला अदालत लगिदैं छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले ढुंगेललाई मंगलबार बिहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।

ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले विनाविभागीय गृहमन्त्री जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । त्यसलगत्तै ढुंगेल पक्राउ परेको खबर माओवादी हेडक्वार्टरमा पुगेको थियो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा ढुंगेललाई सर्वोच्च अदालतको संयुक्त इजलासबाट ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो ।

उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते ओखलढुंगा ७ तार्केबारीमा हत्या भएको थियो भने उनका भाई गणेश श्रेष्ठको पनि प्रहरीलाई उजुरी गरेको आरोपमा २०५९ साल मंसिर ६ गते रामेछाप साँधुटारमा गोली हानि हत्या गरिएको थियो ।

ढुंगेलललाई पक्राउका लागि मृतककी दिदीले पटक पटक दवाव दिएपछि पुन: गत चैत ३१ गते ढुंगेललाई तत्काल पक्राउ गरी सात दिनभित्र कारागार चलान गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो । तर नेता ढुंगेल पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई भौतिक आक्रमणको चेतावनी दिएर फरार रहेका थिए । उनी पक्राउ नपरेपछि हालै अधिवक्ता दिनेश त्रिपाठीले उनलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

२०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।

प्रहरी पक्राउ गर्न नसकिएको भनिएका ढुंगेल गत असोज २५ गते बेलुका नयाँ बानेश्वरस्थित ओखलढुंगाको लिखु गाउँपालिकामा एमालेतर्फबाट प्रमुख बनेका गोविन्द पौडेल क्षेत्रीका भाञ्जा बुद्धी कार्कीको घरमा भएको चुनावी छलफलका संलग्न रहेको बताउँदै त्यहाँ सहभागी निकट एक व्यक्ति मार्फत  उनिसहितको तस्विर सार्वजनिक भएपछि उनको खोजिलाई अझ तिव्रता दिईएको थियो ।

ढुंगेलको सजायँ माफीका लागि तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रपति समक्ष सिफारिस समेत गरेको थियो । तर, सर्बोच्च अदालतले सो सिफारिस अस्वीकार गरेपछि ढुंगेल फरार अभियुक्तका रुपमा रहेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू