अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

नायिका नीता ढुंगाना सान फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

बिआरटीनेपाल २०७४ कार्तिक १३ गते १७:३५ मा प्रकाशित

नेपाली चलचित्रकि अभिनेत्री निता ढुंगाना सान फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् l नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगानाले अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्न सफल भएकी छिन ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को सहरमा आयोजित “सन फ्रान्सिस्को चलचित्र महोत्सव ” मा उनीद्वारा अभिनित ऐतिहासिक चलचित्र पंचायतले  विदेशी भाषाको उत्कृष्ट चलचित्र विधामा र नायिका निता ढुंगानाले उत्कृष्ट मुख्य अभिनेत्री विधामा पुरस्कार जित्न सफल भएकी छिन ।

सानै उमेर देखि अभिनयमा लागेकी ढुंगानाले हाल सम्म २१ भन्दा बढी चलचित्रहरुमा अभिनय गरी सकेकी छिन । उनको चर्चित चलचित्र रुमा दबाब , छ एकान छ, नोटबुक, मसान, हाम्रो माया जुनी जुनीलाई, निर्भय लगायत पछिल्लो चलचित्र पंचायत हो ।

पंचायतमा किशोरीको भूमिकामा देखिएकी निताको सशक्त अभिनयकै कारण अन्तर्राष्ट्रिय पुरस्कार बाट उनलाई सम्मान गरिएको हो ।

यसरि नेपाली चलचित्र अन्तरराष्ट्रिय महोत्सव सहभागिता र सम्मानित हुँदा यसले नेपालको पर्यटन प्रबर्धनमा ठुलो सहयोग र अन्तर्राष्ट्रिय जगतमा नेपालको बारेमा राम्रो छवि बढने छ भनी सिलिकन भ्यालीका पर्यटनदुत प्रकाश थापाले बताए l

प्रतिक्रिया