अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१८ | Colorodo: 01:33

निर्वाचनको संघारमा उद्योगपति विनोद चौधरी एमाले छाडेर कांग्रेसको समानुपातिक सूचीमा

बिआरटीनेपाल २०७४ कार्तिक १३ गते ९:५७ मा प्रकाशित

उद्योगपति विनोद चौधरी एमाले छाडेर कांग्रेस प्रवेश गरेका छन् । ०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद भएका चौधरी आगामी प्रतिनिधिसभा निर्वाचनको संशोधित समानुपातिक सूचीमा कांग्रेसले प्राथमिकतासाथ राखेर सिफारिस गरेपछि उनले एमाले छाडेर कांग्रेस प्रवेश गरेको खुलासा भएको हो ।

०७० मा एमालेबाटै नवलपरासीबाट प्रत्यक्षका लागि सिफारिस भएका चौधरीलाई कांग्रेसले आर्थिक सहयोगको लालचामा लगेको आरोप पनि लागेको छ । कांग्रेसले आइतवार राति निर्वाचन आयोगलाई बुझाएको अन्तिम नामावलीमा चौधरीको नाम समावेश गरिएपछि सोमबार दिनभर यो समाचार चर्चामा रर्यो ।

सिजी ग्रुपका अध्यक्ष चौधरीलाई कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी प्रवेश गराउन भूमिका खेलेको बताईएको छ । एमालेभित्र माधव नेपाल निकट रहेका चौधरी केपी ओली शक्तिमा आएसँगै छाँयामा परेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू