अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

दुर्घटनामा परी भारतमा नौको मृत्यु, तीस घाइते

बिआरटीनेपाल २०७४ कार्तिक १३ गते ८:४२ मा प्रकाशित

भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

“आइतबार बेलुका ४० जना यात्रु बोकेको एउटा टेम्पो थोरे सेत्तिहाल्ली गाँउनजिकै एउटा रुखमा ठोक्कीएर दुर्घटना भएको हो” एक जना उच्च प्रहरी अधिकारीले भने । दुर्घटना भएपछि नौ जनाको घटनास्थलमै मृत्यु भएको हो भने, घाइतेहरुलाई स्थानीयबासिन्दाले उद्धार गरेर नजिकैको अस्पतालमा पु¥याएका थिए ।

क्षमता भन्दा अतिधेरै यात्रुहरु बोकेको र तीव्र गतिमा रहेकाले नियन्त्रण भन्दा बाहिर गएर दुर्घटना भएको प्रहरीको बुझाई छ । अध्याँरो भएकाले नियन्त्रण गुमाएपछि रुखमा ठोक्किएको प्रहरीले जनाएको छ । भारत विश्वमै सबै भन्दा धेरै सडक दुर्घटना हुने देश हो । सडक अवस्था खराब, पर्याप्त मर्मत नभएका सवारी साधन र चालकको लापर्बाहीका कारण दुर्घटना हुनेगरेको पाइएको छ ।  (रासस÷सिन्ह्वा) Photo: newindiaexpress.com

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू