अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

अजय तामाङको ‘किन दुख्छ’ बजारमा (भिडियो)

बिआरटीनेपाल २०७४ कार्तिक १३ गते ६:१३ मा प्रकाशित

गायक तथा सङ्गीतकार अजय तामाङको ‘किन दुख्छ’ बोलको आधुनिक गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक गरिएको छ । एम एम पी एस को प्रस्तुतिमा बनेको भिडियो गहिरो माया भए पनि परिस्थितिले बिछोड हुनु परेको बाध्यात्मक परिस्थितिलाई समेटीएको छ । गायक तामाङको शब्द तथा सङ्गीत रहेको भिडियोको सन्तोष प्रगाडले सङ्गीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा राजन गुरुङ, कमल सिंह,पूजा सिलवालको अलावा रोशन र निशाको अभिनय देख्न सकिन्छ । चर्चित निर्देशक मिलन तामाङको निर्देशनमा बनेको भिडियोलाई केशव अधिकारीले छायाङ्कन गरेका हुन ।

 

धादिङको ज्वालामुखि गाउपालिकामा जन्मेका अजय तामाङ नेपाली गीत सङ्गीतलाई उचाइमा पुर्‍याउनु पर्छ भन्ने उदेश्यका साथ साङ्गीतिक क्षेत्रमा लागि रहेका छन् । हाल उनी चौथो वर्षमा शास्त्रीय गायन पनि सिकिरहेका छन् । गीत सङ्गीतलाई अत्यन्तै माया गर्ने तामाङको यस अघि वीर गोर्खाली र कान्छीले बोलको गीत तथा म्युजिक भिडियोले राम्रै चर्चा कमाउन सफल बनेको थियो ।

प्रतिक्रिया