अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०६ | Colorodo: 11:21

भाइ हत्यामा पक्राउ परेकी युवतीद्वारा आत्महत्या

बिआरटीनेपाल २०७४ कार्तिक १२ गते १०:१७ मा प्रकाशित

भाइको हत्या आरोपमा पक्राउ परेकी एक युवतीले आज साँझ इलाका प्रहरी कार्यालय, विष्णुपुर, सिरहाको प्रहरी हिरासतभित्रै आत्महत्या गरेकी छन् ।

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरकी १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतभित्रै रहेको शौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिप्रका सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो ।

नुहाउन जान्छु भन्दै शौचालय छिरेकी प्रियंका ननिस्किएपछि महिला प्रहरीले ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शव झुण्डिएको अवस्थामा आजै साँझ माइती पक्षलाई बोलाई घटनास्थल प्रकृति मुचुल्का उठाएर परीक्षणका लागि सिरहा जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नर्सरीमा अनैतिक सम्बन्धको प्रत्यक्षदर्शी रहेका आफ्नै ठुलो बुबाको छोरा भाइ १४ वर्षीय भवेश यादवलाई केटा साथीसँग मिलेर हत्या गरेको आरोपमा पक्राउ परेकी प्रियंका र उनका केटा साथी सञ्जयकुमार साहलाई इप्रका, मिर्चैयामा आज बिहान पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि मिर्चैयामा महिला थुनुवा राख्ने ठाउँ नभएकाले प्रियंकालाई विष्णुपुर लगिएको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू