अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

‘अदालतको आदेशको बहानमा चुनाव रोक्नु मुलुकलाई धरापमा पार्नु हो’-उपेन्द्र यादव

बिआरटीनेपाल २०७४ कार्तिक १२ गते १:०९ मा प्रकाशित

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आदेशको बहानमा चुनाव सार्न नमिल्ने बताएका छन । विराटनगरमा आइतबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले कुनैपनि बहानामा चुनव रोक्न नम्लिने बताएका हुन् ।

यदि त्यसो भएमा त्यो महाअपराध हुने उनको भनाई छ । उनले भने ‘सर्वोच्च अदालतको आदेशको बहानमा चुनाव सार्न मिल्दैन, ‘अदालतले मतपत्र छपाईको कुरो मात्रै गरेको र त्यो अहिलेका अफसेट प्रेसको युगमा चार दिनमा सम्भव रहेकोले चुनाव सार्नु हँदैन । चुनाव रोक्नु भनेको मुलुकलाई धरापमा पार्नु हो ।’

चुनाव सारे निष्पक्ष र स्वतन्त्र निर्वाचन आयोगमाथि प्रश्न उठ्ने बारे उनले ध्यानाकर्षण गराए । निर्वाचन अयोगले कुनै दलको हितमा चुनाव सारे त्यसको जवाफ जनतालाई दिनुपर्ने उनको भनाई थियो ।

उनले आफूहरुको कांग्रेससँग चुनावी तालमेलको लागि छलफल भइरहेको र आफू कहाँबाट लड्ने अहिलेसम्म टुंगो नलागेको बताए । कांग्रेससँग सहकार्य गरेरै चुनावमा जाने उनले बताए । आफूहरुको सहकार्य कसैलाई हराउन नभई आफूहरु जित्नको लागि गरेको उनको भनाई थियो ।

उनले आफूहरुबाट राजपाका अध्यक्ष महन्थ ठाकुरलाई २ नम्बर प्रदेशको मुख्यमन्त्रीको प्रस्ताव नभएको पनि प्रष्ट पारे । उनले आफूहरुले अहिले मुख्यमन्त्रीको उम्मेदवारको घोषणा नगरेको सुनाए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू