अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छाप्न सुरु गर्यो

बिआरटीनेपाल २०७४ कार्तिक १२ गते ०:३६ मा प्रकाशित

मंसिर १० र २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गरिएको को छ। जनक शिक्षा सामग्री केन्द्रले शुक्रबार बेलुकी ६ बजेदेखि मतपत्र छाप्न थालेको हो ।

कात्तिक १० देखि प्रत्यक्षतर्फको मतपत्र छाप्ने योजना बनाएको आयोगले यसबीच प्रदेश र प्रतिनिधि सभाका लागि अलगअलग पानामा मतपत्र छाप्नुपर्ने माग गर्दै राजपा नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्चमा रिट हालेका थिए। सर्वोच्चले उनको रिटमा अन्तरिम आदेश नदिएर आयोगले संविधानको मर्मअनुसार काम गर्नुपर्ने बताएको थियो।

असोज १ गते सर्वोच्चले गरेको उक्त निर्णय कार्यान्वयन नभएको र यसले अदालतको मानहानी भएको भन्दै शुक्लले फेरि मुद्दा हालेपछि बुधबार सर्वोच्चले दुई अलग मतपत्र छाप्ने विषयमा भएको प्रगतिबारे तीन दिनभित्र विवरण बुझाउन आयोगलाई आदेश दिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू