अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 02:52

वासु पोखरेल लगायत गोरखाका १ दर्जन नेता कार्यकर्ता नयाँ शक्ती छोडेर माओवादी केन्द्रमा प्रवेश

बिआरटीनेपाल २०७४ कार्तिक १२ गते ०:१५ मा प्रकाशित

 

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी वासु पोखरेल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सानो समूहबाट मुलुकको समृद्धि र राजनीतिक भविष्य सम्भव छैन भन्दै नयाँ शक्तिका पोखरेल लगायतका गोरखाका १ दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नयाँ शक्ती पार्टीको केन्द्रीय परिषद् सदस्य तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका नेता पोखरेलले माओवादी प्रवेश गर्दै भने -‘म विगतमा माओवादी केन्द्रमा नै सक्रिय थिएँ, बिचमा बाबुराम भट्टराईले केही गर्नुहुन्छ कि भन्ने ठानेर नयाँ शक्तिमा लागें । तर, नयाँ शक्ति आफ्नै अस्तित्वको संकटमा छ । त्यसैले म माओवादी केन्द्रमा नै फर्केको हुँ ।’

आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू