अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

त्रिसुलीमा फेरी खस्यो ट्रक – चालकको मृत्यु

बिआरटीनेपाल २०७४ कार्तिक ११ गते २३:४६ मा प्रकाशित

हिजो बिहान त्रिसुलीमा यात्रुवहाक बस खस्दा ठुलो संख्यामा यात्रुहरुको मृत्यु भएको १ दिन नबित्दै फेरी त्रिसुसीमा ट्रक खसेर चालकको मृत्यु भएको छ । शनिबार दिउँसो मुग्लिङबाट सिमेन्ट बोकेर काठमाडौंका लागि छुटेको ना ६ ख ४४१५ नम्बरको ट्रकको अगाडिको टायर पड्किएर धादिङ बेनिघानट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटबाट ट्रक त्रिशूली नदीमा खस्दा चालक मकवानपुर हाडीखोलाका २५ वर्षका विशाल अर्यालको मृत्यु भएको हो ।

चालक अर्यालको उपचारको क्रममा शनिबार राति ज्यान गएको प्रहरीले जनाएको छ । ट्रकका सहचालक हेटौंडाका २० वर्षका सुनिल तामाङको भने उपचार भैरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू