अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

प्रहरीले चलाएको गोली लागि मृत्यु भएका नवराज थापाको परिवारलाई १० लाख दिने निर्णय

बिआरटीनेपाल २०७४ कार्तिक ११ गते ५:२१ मा प्रकाशित

झापाको विर्तामोडमा शुक्रबार प्रहरीले चलाएको गोली लागि मृत्यु भएका नवराज थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । गत असोज १४ गते झापा अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा नगरपालिकाका ३० वर्षीय नवराज थापा मृत्यु भएपछि शनिबार बिर्तामोडमा सरकारी अधिकारी सहित भएको सर्वपक्षीय छलफलमा १० लाख रुपैयाँ दिने सहमति भएको हो ।

बालक लक्ष्मण शिवाकोटीको झापाको विर्तामोडमा संकास्पद मृत्यु भएपछि अपराधि छानविनको विषयलाई लिएर भएको तनावमा शुक्रबार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा थापाको ज्यान गएको थियो भने ६ जना घाइते हुनका साथै ३६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

स्थानीय निकाय र उद्योग वाणिज्य संघ विर्तामोडले समन्वय गरि मृतक नवराज थापाको परिवारलाई काजक्रिया खर्चको लागि थप ६० हजार रुपैयाँ सहयोग गर्ने पनि सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू